
पोखरा । पोखरामा कवाडि संकलन गर्दै हिड्ने एक जना मृत फेला परेका छन् ।
लमजुङ घर भई हाल पोखरा ७ प्रगति टोल बस्ने वर्ष ३६ को प्रभु भुजेल आइतबार दिउँसो मृत फेला परेका हुन् ।
भुजेल आज दिउँसो ३ः४० बजे पोखरा १० स्थित वेलकम गेट नजिकै चौरमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
