पहिरो पिडितलाई रुपा युवा क्लवको सहयोग

Share:

लेखनाथ । गत भदौ २३ गते रुपा गाउँपालिका वाड नं ६ मा पहिरोमा परि ज्यान गुमाएकी सृजना सुनारको परिवारलाई रुपा युवा क्लव पोखरा– ३२ लगाएतका सामाजिक संघ संस्थाहरुले सामुहिक रुपमा सहयोग गरेका छन् ।

क्लवकी सदस्य समेत रहेर विभिन्न सास्कृतिक कार्यक्रममा सहभागी हुँदै मोडलको रुपमा स्थापित हुन पुगेकी सुनारको निधन प्रति दुःख व्यक्त गर्दै क्लवको तर्फबाट रु पाँच हजार पाँच, मेरिना कन्ट्रक्सनका संचालक धिरज कुमार श्रेष्ठबाट १० हजार १० र समाज कल्याण नेवाःखाल पोखरा ३२ को तर्फबाट रु पाँच हजार पाँच सहयोग गरिएको हो ।

पिडित परिवारको घरमा नै पुगी क्लवका अध्यक्ष नवराज खड्का, संस्थापक अध्यक्ष धिरजकुमार श्रेष्ठ, सदस्य मनोज लामिछाने, मेरीना श्रेष्ठ, भक्त बहादुर खड्का, समाज कल्याण नेवाःखालका सदस्य सरोज कुमार श्रेष्ठ र वशन्त जोशीले सामुहिक रुपमा स्वर्गीय सुनारका बुवा काजी सुनार र भाई सन्दिप सुनारलाई उक्त सहयोग रकम हस्तान्त्रण गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्
Share: