धेरै स्थानमा वर्षाको सम्भावना, देशभर बाढीको खतरा

Share:

पोखरा । आज (मंगलबार) देशभरि कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसम पूर्वानुमन महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस्तै प्रदेश १ र २ का केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना छ।

यसैगरी राति पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै प्रदेश १, २ र बागमती प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा वर्षाका साथ हावाहुरी समेत चल्ने सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वर्षासँगै देशभर बाढीको जोखिम पनि बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (मंगलबार) रातिदेखि देशका सबै नदीमा बाढी आउने सम्भावना रहेको जनाइएको छ । यसर्थ नदी छेउछाउका बासिन्दाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ।

‘असोज ६ गते (आज) रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७ ,८ ,९ र १० गते देशैभरका नदीमा बहाज उच्च हुने (सतर्कता तलै हुने भए पनि सामान्य अवस्थाबाट एक्कासि बढ्ने) पूर्वानुमान रहेकाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रमा क्रियाकलाप नगर्न गर्नुपरेमा अति उच्च सतर्कता अपनाउन हुन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

कमेन्ट गर्नुहोस्
Share: