गण्डकी प्रदेशमा ११ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमितको थपिएका छन् । मंगलबार दिउँसो गण्डकीका तीन जिल्लाका ११ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयले जारी गरेको अध्यावधिक विवरण अनुसार लमजुङका ६ जना, तनहुँका ४ जना बाग्लुङका १ जनामा कोरोना देखिएको छ ।

संक्रमित हुनेमा भारतबाट आई क्वारेन्टीनमा बसेका बाग्लुङको बरेङ १ का १९ बर्षीय पुरुष, लमजुङको बेसीसहर–९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका ऋषिङ ६ का ५० वर्षीय पुरुष, ५ का ३६, १९ र ६० वर्षका पुरुष गरि ७ जना पुरुष रहेका छन् ।

यस्तै गरी लमजुङको बेसीसहर–८ का २६ बर्षीय महिला र २२ बर्षीय पुरुष सनराईज बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी लमजुङको बेसीसहर वडा नखुलेका ४० वर्षीय पुरुष, मस्र्याङ्दी ३ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ९३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: