मौसमः देशभर बदली र झरी, केही स्थानमा भारी वर्षा हुने

Share:

पोखरा । देशभर बुधबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सबै प्रदेशका थोरै–थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा धेरै अति भारी वर्षाको सम्भावना समेत रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाकोे सम्भावना रहेको छ ।

हाल बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय भएको जनाइएको छ ।

आउँदो शुक्रबारसम्म नै मौसम यस्तै रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: