
पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा कास्कीका ९ जनासहित लमजुङका ५ जना, तनहुँका ४ जना, स्याङ्जाका ३ जना, बाग्लुङका २ जना तथा म्याग्दी र नवलपरका १/१ जना गरी प्रदेशमा २५ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरका ८ र अन्नपूर्ण गाउँपालिकाका १ जनामा कोरोना देखिएको छ ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगर १७ का २६ वर्षीया महिला, १५ का ६५ वर्षीय पुरुष, २० का २० र ३२ वर्षीय दुई पुरुष, १० का ७ वर्षीया बालिका र ३१ वर्षीय पुरुष, १५ का ३९ वर्षीय पुरुष, २७ का ७४ वर्षीया महिला तथा अन्नपूर्णका ३२ वर्षीय पुरुष रहेका छन् ।
यस्तै नवलपुरको बौदीकाली २ का २७ वर्षीय पुरुष, स्याङ्जाको वालिङ ११ का ३९ वर्षीय पुरुष, ४ का ४३ वर्षीय पुरुष, गल्याङ २ का ३१ वर्षीय पुरुष, म्याग्दी बेनी ३ का ३० वर्षीय पुरुष, तनहुँको व्यास २ का ५३ वर्षीय पुरुष, भिमाद ३ का २६ र ३६ वर्षीय दुई पुरुष, १ का २६ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल १० का ३५ वर्षीया महिला, ६ का १० वर्षीया बालिका तथा १६, ५८ र ३० वर्षका ३ पुरुष एवं बाग्लुङ बडीगाड १ का २६ वर्षीया महिला र बाग्लुङ १३ का ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार कास्की जिल्ला र लमजुङ जिल्लाका व्यक्तिहरु कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् भने अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टीनमा बसेका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ४८ पुगेको छ ।

