रेडियो बाराहीका कर्मचारीको रिपोर्ट नेगेटिभ

Share:

पोखरा । रेडियो बाराहीमा कार्यरत् गोविन्द सुवेदी कोरोना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका सहकर्मीहरुमा भने कोरोना संक्रमण देखिएन ।

रेडियोमा कार्यरत् ८ जनाको सोमबार स्वाब संकलन गरिएकोमा बुधबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

रेडियोका सहकर्मी गोविन्द सुवेदीमा भदौ ३१ मा कोरोना संक्रमण देखिएपछि रेडियो बाराहीले समाचार शाखा, प्राविधिक शाखामा कार्यरत् कर्मचारीहरुलाई रेडियोमै क्वारेन्टाइन राखेर रेडियोका नियमित कार्यक्रम संचालन गर्दैआएको थियो ।

रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले भने, ‘समाचार शाखाका २ जना र प्राविधिक शाखाका २ जना अफिस क्वारेन्टिनमा र बाँकी सबै होम क्वारेन्टिनमा हुनुहुन्थ्यो । आज सबैको रिर्पोट नेगेटिभ आएको छ । आजदेखि रेडियो पूर्ववत् अवस्थामा सञ्चालन हुन्छ ।’

रेडियोमा कार्यरतमध्ये समाचार शाखा प्रमुख प्रदीप पौडेलसहित शशी पौडेल, रोशन अधिकारी, सुभाष आचार्य, रोशनी भण्डारी, कामना लामिछाने, मिलन बिक र थमन ठकुरीको रिपोर्ट नेगेटिभ आएको हो ।

यसैबीच, समाचार प्रमुख प्रदीप पौडेलले समाचार शाखाका सहकर्मी सुवेदीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उता, सुवेदीका श्रीमती, २ छोराहरुमा पनि संक्रमण नभएको पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: