तनहुँमा सेती नदीमा हाम फाली एक बेपत्ता

Share:

तनहुँ । तनहुँको व्यास नगरपालिका १ छाला फ्याक्ट्री स्थित सेती नदीमा एक पुरुष हाम फालेर बेपत्ता भएका छन् ।

बुधबार बिहान करिब ७ बजे जिल्लाको व्यास नगरपालिका २ बस्ने वर्ष ५८ को टोप बहादुर बराली नदिमा हाम फालेका हुन् ।

उक्त खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा बराली हाम फालेको स्थान देखी अन्दाजी ३० मिटर पर प्रतिक्षालयमा उनले प्रयोग गरेको टोपी, छाता, रुमाल र चस्मा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बरालीको खोजतलास साथै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: