
चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बुधबार बेलुका साढे चार बजे सोही स्थानमा पहिरो खसेको थियो । पहिरो पन्छाएपछि बेलुका ७ बजेदेखि यातायात सुचारु भए पनि राति पुनः पहिरो गरेर अवरुद्ध भएको हो ।
यसैगरी पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरिनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
