पोखरामा तीन जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखरामा थप तीन जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार बिहान पोखरा महानगरपालिकाका २ वटा वडाका ३ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा कार्यरत पोखरा– ९ का २९ वर्षीय पुरुष तथा पोखरा–१० का ३२ र ३४ वर्षका दुई पुरुष रहेका छन् । निर्देशनालयका अनुसार पोखरा–१० का पुरुषहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण लागि आएका थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: