स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर बेपत्ता भएका ४ जनाकै शव फेला

Share:

स्याङ्जा । स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर वेपत्ता भएका ४ जनाकै शव फेला परेको छ ।

विहीबार बिहान ६ बजे स्याङ्जाको वालिङ –१४ तमाधी स्थित माया परियारको घर माथिबाट खसेको पहिरोमा परी वेपत्ता भएका अन्दाजी १४ वर्षको बिक्रम नेपाली, १९ वर्षीया बिनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली तथा ६/७ महिनाका नाम नखुलेका बालकको शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि बिहान ५ जनाको शव भेटिएको थियो ।

उक्त पहिरोले पुरिँदा एकै परिवारका १० जना मध्ये ९ जनाको मृत्यु भएको हो । पहिरोमा परेकी १६ वर्षीया मनिषा नेपालीको भने जीवितै उद्दार गरी प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपछि पोखरा लगिएको छ।

कमेन्ट गर्नुहोस्
Share: