`आलोकको संवेदना बिक्री गर्दैनौं` : सुदर्शन

Share:

काठमाण्डौ,  पौष २८ / निर्देशकबाट अभिनेता बनेका सुदर्शन थापाले स्वर्गिय आलोक नेम्वाङको अन्तिम फिल्म ‘अझै पनि’ भएकाले उनको संवेदना बेचेर फिल्म नचलाउने बताए । उनले भनेका छन्, ‘आलोक दाइको संवेदना बिक्री गर्दैनौं । हामी फिल्मले बोकेको भावनामार्फत दर्शक तान्न कोशिस गर्नेछौं ।’

ajhai pani
फिल्मभित्र नारीको भावनालाई चित्रण गर्न खोजिएको हुनाले सुदर्शनले कथा नै आफ्नो व्यवसायको मूल हतियार भएको उनको भनाई छ । निर्माता समेत रहेका सुदर्शनले आलोकको नाम बेचेर कुनै फाईदा लिने उद्देश्य नरहेको तर्क गरे ।

फिल्म पूर्ण रूपमा मनोरञ्जनात्मक रहेको सुदर्शनको भनाई छ । सुदर्शन निर्देशक भएकाले आलोकको अनुपस्थितीको स्थान आँफैले लिएर फिल्मको प्राबिधिकदेखि अन्य काम उनले सम्हाल्दै आएका छन् ।

पूनम गौतमको समेत लगानी रहेको यो फिल्ममा सुदर्शनसहित पूजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्म फागुन १५ गते रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: