
पोखरा । शुक्रबार पनि देशभरको मौसममा सामान्य देखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेको महाशाखाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
