
काठमाडौँ । युक्रेनमा एक सैनिक विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ ।
वायु सेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ २६ विमान युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानमा चालक दलका सदस्यसहित २८ जना रहेको बताइएको छ ।
अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता चार जनाको खोजी भइरहेको जनाइएको छ ।
विमान दुर्घटनाको कारण भने खुलेको छैन ।
कमेन्ट गर्नुहोस्
