
पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अन्तर्गत कास्कीका ७, तनहुँका ३ र लमजुङ ३ जना गरी तीन जिल्लाका १३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
शनिबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा कार्यरत ३ जनामा कोरोना पुष्टि भएको छ । निर्देशनालयमा कार्यरत ५३ र ५७ वर्षीय पुरुष र डव्लु.एच ओ आइपिडीमा कार्यरत एक ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षीय पुरुष, पोखरा १० का २१ वर्षीय पुरुष तथा १९ र ४४ वर्षका महिलामा पनि कोरोना देखिएको छ ।
तनहुँ भिमाद १ का भारतवाट आएका १७ र ३६ वर्षका पुरुष, पोखरा स्थित चरक मेमोरियलमा उपचाररत तनहुँ व्यास ११ का १६ वर्षीय पुरुष, लमजुङ कोल्होसोथार ३ का २१ वर्षीय पुरुष, बेसीसहर ८ का २९ वर्षका पुरुष र बेसीसहरकै वडा नखुलेका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यसअघि आजै पोखराका १० जना सहित गण्डकीमा १५ जना संक्रमित थपिएका थिए ।
यससँगै आज मात्रै गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्य पोखराका मात्रै १७ जना रहेका छन् ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ७३ पुगेको निर्देशनालयले जनाएको छ ।
