
पोखरा । देशभर आइतबारको मौसम सामान्यदेखि आंशिक बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
दिउँसो प्रदेश नम्बर १ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति पनि गण्डकी प्रदेश, प्रदेश १ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाइएको छ।
