
काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ३० लाख नाघेको छ । आइतबार बिहान सम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ ।
संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन् भने हालसम्म ९ लाख ९८ हजार २ सय ७६ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वका २ सय १५ मुलुकमा कोरोना संक्रमण फैलिएको छ ।
संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमितहरूको संख्या ७२ लाख ८७ हजारभन्दा बढी पुगेको छ भने २ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ ।
अमेरिका पछि भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ९० हजार ५१३ पुगेको छ । भारतमा ९४ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ ।
यस्तै तेस्रो प्रभावित मुलुक ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ४१ हजार पुगेको छ ।
