
पोखरा । पोखरामा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । शनिबार साँझ ७ बजे पोखरा–१३ गौडाकोमुख निवासी २५ वर्षीय दिपेश गुरुङ पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई गौडाकोमुख स्थित बाटोमा हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनको साथबाट डाईजापाम २३ एम्पुल, फेनरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी ७१ एम्पुल लागूऔषध र एक थान मोवाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
गुरुङलाई लागू औषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत थप अनुसन्धान भईहेको प्रवक्ता हमालले बताए ।
कमेन्ट गर्नुहोस्

