गण्डकीमा आइतबार १०४ जनामा कोरोना पुष्टि, कास्कीमा २४ संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ७७ पुगेको छ । प्रदेशमा आइतबार (आज) मात्रै १०४ जना संक्रमित थपिएका हुन् । आज कास्कीमा मात्रै २४ जनामा कोरोना देखिएको छ ।

आइतबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई पटक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयले जारी गरेको पछिल्लो (दोस्रो) विज्ञप्ति अनुसार प्रदेशमा ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा कास्की जिल्लाका ३, लमजुङका ५, स्याङजाका २, नवलपुरका १५, तनहुँका ६ तथा पर्वतका २ जना रहेका छन् ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा ९ का अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा कार्यरत २५ र ४६ वर्षका दुई पुरुष तथा मादी गाउँपालिका ३ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै लमजुङको सुन्दरबजार ९ का २४, ३९ र ४६ वर्षका ३ पुरुष तथा २८ वर्षीया एक महिला, बेसीसहर १ का ४७ वर्षीय पुरुष, स्याङजाको चापाकोट १ का ३८ वर्षीय पुरुष र वालिङ १ का ३८ र ३० वर्षीय पुरुष, तनहुँको म्याग्दे ५ र ७ का १५ र ३२ वर्षका महिला, ६, १, २ र ४ का ३१, २६, ३५ र ३७ वर्षका पुरुष तथा पर्वतको कुश्मा नगरपालिकाका नेपाल आर्मीमा कार्यरत २८ र ३७ वर्षका पुरुषमा कोरोना देखिएको छ ।

यता नवलपुरको कावासोती ६ का ३८ वर्षीय पुरुष, देवचुली ३ का २६ वर्षीय, १२ का २९ वर्षीय, १० का ३२ वर्षीय, २ का २५ वर्षीय, १७ का ३३ वर्षीय, १३ का वर्षीय, ११ का २६, ३०, ५३ र ३८ वर्षीय पुरुष, वडा नखुलेका ३३ र २९ वर्षका पुरुष तथा २८ र २६ वर्षका दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि निर्देशनालयले आज जारी गरेको पहिलो विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा ७१ जना कोरोना संक्रमित थपिएका थिए । जसमध्ये कास्कीको पोखरामा अपार्टमेन्टमा काम गर्ने कामदारसहित २१ जनामा कोरोना पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: