नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४ वटा जिल्लाका २ महिला र २ पुरुष गरी ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिला तथा बाँकेमा ४७ वर्षीया र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: