भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो, ९५ हजारको मृत्यु

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८२ हजार १७० कोरोना संक्रमित थपिए सँगै भारतमा कोरोना संक्रमितको संख्या ६० लाख ७४ हजार ७०२ पुगेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारत कोरोना संक्रमणबाट सबैभन्दा बढि प्रभावित दोस्रो मुलुक हो । सबैभन्दा बढि प्रभावित मुलुक अमेरिकामा हालसम्म संक्रमितको संख्या ७३ लाख ५९ हजार ५१३ पुगेको छ ।

हालसम्म विश्वमा संक्रमितको संख्या तीन करोड ३५ लाख ४० हजार ३० पुगेको छ । संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ६ हजार ५७ पुगेको छ । हालसम्म दुई करोड ४८ लाख ६७ हजार ७४३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: