
पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान कास्कीको पोखराका १४ जना र नवलपुरको बिनयत्रिवेणीका ४ जना गरी १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरामहानगरपालिका वडा नं. ५ का ९ वर्षीया बालिका सहित १४ र ३६ वर्षीय पुरुष, वडा नं. ८ का ४९ वर्षीय पुरुष, वडा नं. १७ का २४, ३१ र ६१ वर्षीय पुरुष तथा ५५ र ५६ वर्षीया महिला, वडा नं. १५ का ३३ र ५६ वर्षीया महिला र ३४ वर्षीय पुरुष, वडा नं. १३ का २४ वर्षीय पुरुष, वडा २० का ८३ वर्षीय पुरुष कोरोना संक्रमण देखिएको छ ।
यस्तै नवलपुरको बिनयत्रिवेणी वडा नं. ३ का ७० वर्षीया महिला र १२ वर्षीय बालक तथा वडा नं. ४ का २६ र ५९ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय १३ पुगेको निर्देशनालयले जनाएको छ ।
