कुवेतका राष्ट्रप्रमुख शबाहको निधन, शेख नवाफ बने नयाँ राष्ट्रप्रमुख

Share:

काठमाडौँ । कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सबा अल अहमद अल शबाहको निधन भएको छ। ९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनी विगत लामो समयदेखि बिरामी थिए। पछिल्लो पटक उनी जुलाई १८ मा अस्पताल भर्ना भएका थिए । उनको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि जुलाई २३ मा अमेरिका गएका थिए ।

सन् १९२९ मा जन्मिएका अहमद १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीका रुपमा कार्यरत थिए। पछि उनी सन २००६ मा कुवेतका ईमिर बनेका थिए। अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।

शेख नवाफ अल अहमद अल सबाह बने नयाँ राष्ट्रप्रमुख

शबाहकोे निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बनेका छन् ।

८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसकेका थिए । यस्तै उनले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: