
पोखरा । देशभर आजको मौसम आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।
बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।
यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ।
कमेन्ट गर्नुहोस्
