पोखराका ७ सहित गण्डकी प्रदेशमा ११ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका ७ सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की सहित गण्डकी प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका ३२ का ४७ वर्षीय पुरुष, ६ का ५९ वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, पोखरा ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, १४ की २९ वर्षीया महिला, पोखरा ७ का ४९ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी लमजुङ सुन्दरबजारका २५ र ४९ वर्षका पुरुष तथा स्याङ्जा वालिङ ५ का ३० वर्षीय र १४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ८६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: