
काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् ।
उनलाई कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।
संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएकाले होम आइसोलेसनमा बसेका ट्रम्प थकान महसुस गर्नाका साथै उनमा कोभिड–१९ का हल्का लक्षण पनि देखिएपछि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत रहेका छन् ।
शुक्रबार बिहान उनले ट्वीट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।
कमेन्ट गर्नुहोस्
