
पोखरा । देशभर आइतबारको मौसम आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको जाल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
बिहान देशका गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती र प्रदेश न ५ का पुर्वी भागमा बदली भई थोरै स्थानहरुमा हल्का बर्षा भएको जनाइएको छ ।
यस्तै दिउँसो गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती पनि गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल वंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ ।
