
पोखरा । गण्डकी प्रदेशका ४ जिल्लाका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दोस्रो विज्ञप्ति जारी गरी गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ, स्याङ्जा र तनहुँ गरी ४ जिल्लाका ३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो ।
संक्रमित हुनेमा नवलपुर जिल्लाको मध्यविन्दु अस्पतालमा कार्यरत ३५, २६, ५८ र २९ वर्षका ४ पुरुष तथा ३१ वर्षीया महिला गरी कर्मचारी रहेका छन् ।
यस्तै नवलपुरकै देबचुली १७ का ५६ वर्षीय पुरुष, बिनयत्रिवेणी १ का ४३ वर्षीय पुरुष, २ का ४३ वर्षीय पुरुष, ४ का ३६ र ४४ वर्षीय पुरुष, कावासोती ८ का ६२ वर्षीय पुरुष, १६ का ४१ वर्षीय पुरुष, १४ का ३२ वर्षीय पुरुष, गैंडाकोट २ का २०, २१, ३० वर्षका महिला, ८ का ३४ वर्षीय पुरुष, ५ का ४३ वर्षीया महिला, २५ र ३५ वर्षका पुरुष, ७ का २२ वर्षीया महिला, ४ का १८, २० र ४१ वर्षका महिला, ११ का ४७ वर्षीया महिला र ४९ वर्षीय पुरुष रहेका छन् ।
यता बाग्लुङ जिल्लाको जैमिनी ४ का २४ र ३६ वर्षका पुरुष, स्याङ्जा वालिङ १० का ४५ वर्षीय पुरुष तथा तनहुँ जिल्लाको व्यास १ का ३८ वर्षीय पुरुष, ९ का ६५ वर्षीया महिला, ३५ र ३६ वर्षका पुरुष, २ का ३४ र ३६ वर्षका पुरुष, ११ का ३८ वर्षीया महिला, ५ का ३८ वर्षीय पुरुष र ६७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९७ पुगेको छ ।
