
काठमाडौँ । साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेको छ ।
आइतबार सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि आज तोलाको ५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आइतबारका लागि ११ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
कमेन्ट गर्नुहोस्
