बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण

Share:

काठमाडौँ । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ।

कोभिड–१९ पोजिटिभ देखिएपछि उनी हैदरावादको एक निजी अस्पतालमा भर्ना भएकी छन् ।

हैदरावादमा आफ्नो आगामी परियोजनाको सुटिङका बेला उनीमा कोरोनाको लक्षण देखिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनी केही दिनदेखि वेब सिरिजको सुटिङका लागि हैदरावादमा थिइन्।

उनका प्रशंसक तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि संक्रमण भएको थियो। तर उनको रिपोर्ट नेगेटिभ आएको थियो।

बलिउडमा अमिताभ बच्चन र उनको परिवारदेखि लिएर मलाइका अरोडा, अर्जुन कपूर, आफताब शिवदासानी, जेनेलिया डिसूजा, किरण कुमारलगायत कलाकारलाई कोरोना संक्रमण भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: