म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा सहचालक को मृत्यु, चालक गम्भिर घाइते

Share:

पोखरा । म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका–७ को खरी भीरमा आइतबार राति ११ बजे घ १ च ५२६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

निर्माणधीन भगवती आधारभूत विद्यालयको निर्माण सामाग्री लिएर दरवाङबाट बीमतर्फ जाँदै गरेको अवस्थामा उक्त ट्याक्टर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी रघुगंगा गाउँपालिका ३ का २३ वर्षीय सहचालक आशिष खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते खत्रीलाई उपचारको लागि बेनी अस्पताल ल्याउने क्रममा बाटैमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्वत जिल्ला जलजला गाउँपालिका २ का ३० वर्षीय चालक प्रवीण परियार गम्भीर घाइते भएका छन् । परियारलाई थप उपचारको लागि पोखरा ल्याइएको छ ।

ट्याक्टर सडकबाट करिब ५०० सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: