सोमबार पोखराका ३६ सहित गण्डकी प्रदेशमा ६२ कोरोना संक्रमित थपिए, १६५ जना डिस्चार्ज

Share:

पोखरा । सोमबार पोखराका ३६ जना सहित गण्डकी प्रदेशमा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सोमबार प्रदेश अन्तर्गत कास्की जिल्लाका ३६ जना, गोरखाका १८ जना, नवलपुरका ७ जना र तनहुँका १ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ३७ पुगेको छ ।

संक्रमित हुनेमा फेवासिटी अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं. १४ का ५१ बर्षीय पुरुष, दुबईबाट आएका वडा नं. १४ कै २२ बर्षीय पुरुष तथा सोही वडाकी ५२ वर्षीया महिला, पशुपन्छी तथा मत्स्य विकाश निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक पोखरा वडा नं. १२ का ३६ बर्षीय पुरुष, भारतबाट आएका वडा नं. १३ का ३६ बर्षीय महिला, वडा नं. १९ का ५५ बर्षीय पुरुष र वडा नं. १० का ६४ बर्षीय पुरुष तथा वडा १० कै २८ वर्षीय पुरुष, १० वर्षीय बालक, ६८ वर्षीय पुरुष र ३३ वर्षीया महिला रहेका छन् ।

यस्तै पोखरा वडा नं. १७ का २० वर्षीय पुरुष, ५३ वर्षीय पुरुष, वडा नं. ३० की ५१ वर्षीया महिला, वडा नं. ३ का २२, २३, २६, ३८, २७, २२, २५, २५, २४ र ३० वर्षका पुरुष, वडा नं. ७ का २६ र २९ वर्षका पुरुष, १६ वर्षीय पुरुष र ७३ वर्षीया महिला, वडा नं. ११ का ४६, २८ र ३० वर्षका पुरुष, वडा नं. २२ का २९ वर्षका पुरुष तथा वडा नखुलेकी ४९ वर्षीया महिला, पोखरा वडा नं. ६ का १८ वर्षीया महिला, वडा नं. ९ का ५३ वर्षीय पुरुष, पोखरा वडा नं.१६ का ७२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँको आँवुखैरेनी वडा नं. १ का २० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा गोरखा ११ का ३७, ३३, ३३, २७, २६ र २६ वर्षका पुरुष तथा ३३ र २६ वर्षका महिला गरी ८ जना वडा प्रहरी कार्यालय, १२ किलो, गोरखामा र वडा नं. नखुलेको ४८ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालय, गोरखामा कार्यरत प्रहरी रहेका छन् ।

यस्तै संक्रमित १२ र ३ वर्षका २ जना बालकहरु १२ किलो वडा प्रहरी कार्यालयमा कार्यरत २ जना महिला प्रहरीका छोराहरु हुन् । गोरखा १० र १४ का ३० र ४४ बर्षका २ जना प्रहरी हिरासतमा रहेका निर्देशनालयले जनाएको छ ।

अन्य संक्रमितहरुमा गोरखा वडा नं. ११ का २२ र ५८ वर्षका पुरुष, २५ र ४१ वर्षका महिला, वडा नं. १४ का ४४ वर्षीय पुरुष, वडा नं. १० का ३० वर्षीय पुरुष र पालुङटार ९ का ३३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

नवलपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार नवलपुर बौदिकाली वडा नं. २ का २५, ३२ र ३९ वर्षका तीन पुरुष, वडा नं. १ का १८ र ४९ वर्षका दुई पुरुष तथा वडा नं. ६ का ३३ वर्षीय पुरुष तथा नवलपुर मध्यविन्दु वडा नखुलेका २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा गत २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार ४७ पुगेको छ ।

हाल गण्डकीमा १ हजार १५६ संक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा ६३५ परिक्षण भएको र हालसम्म प्रदेशमा ७२ हजार ५९१ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: