
काठमाडौं, माघ १ । अमेरिकाको टेक्ससमा कैदी बोकेको बस र रेल एक-आपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ ।

१२ जना बिरामी कैदीलाई उपचार गर्न अस्पताल लैजानेक्रममा बसले नियन्त्रण गुमाउँदा विपरित दिशाबाट आएको रेलसँग ठोक्किएको थियो । दुर्घटनामा ८ कैदी र दुई कारागारका प्रशासक मारिएको बताइएको छ भने दुईजना घाइते भएका छन् ।
घटनालगत्तै मृतकका परिवारले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्
