
पोखरा, माघ १ । सशस्त्र प्रहरीको एपीएफ टिमलाई हराउँदै ‘ए’ डिभिजनको थ्रीस्टार क्लब पोखरामा जारी मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा विहीबार भएको अन्तिम सेमिफाइनलमा थ्रीस्टारले एपीफलाई १–० ले हरायो । थ्रीस्टारलाई जिताउन सन्तोष साहुखलले खेलको ३९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
पहिलो हाफमै एपीएफले पाएको पेनाल्टी अवसरलाई गणेश लावतीले खेर फालेका थिए ।
थ्रीस्टारले अब शनिबार हुने फाइनल भिडन्तमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार अर्को ‘ए’ डिभिजन प्रतिद्धन्द्धी मनाङ-मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै पुलिसले फाइनल यात्रा तय गरेको थियो ।
कमेन्ट गर्नुहोस्

