२४ घण्टामा विश्वभर ३ लाख ४८ हजार बढीमा कोरोना पुष्टि, संक्रमित संख्या ३ करोड ६७ लाख नाघ्यो

Share:

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको छ ।

अहिलेसम्म विश्वमा २ करोड ७६ लाख ४० हजार ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल विश्वमा ८० लाख ३२ हजार २४६ जना सक्रिय संक्रमित छन् ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

कमेन्ट गर्नुहोस्
Share: