आज देशभरको मौसम कस्तो रहला?

Share:

पोखरा । देशका अधिकांश क्षेत्रको मौसम शनिबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको र उक्त न्यून चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने महाशाखाले जनाएको छ ।

अहिले विहान देशभर मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली हुनेछ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: