दुई तिहाइ बढी सभासदले बुझाए सभाध्यक्षलाई हस्ताक्षर

Share:

काठमाडौं, माघ २ । संविधान निर्माणको प्रक्रिया तत्काल थाल्न आग्रह गर्दै संविधानसभाका दुई तिहाइभन्दा बढी सभासदहरुले आफ्नो हस्ताक्षर सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् ।

savasad-new-final-final1

संविधानसभाका ४ सय १३ सभासदहरुले निर्धारित समयमै संविधान जारी गर्नुपर्ने माग गर्दै शुक्रबार बिहान संयुक्त हस्ताक्षर बुझाएका हुन् ।

उनीहरुले सहमति नभए तत्काल प्रक्रिया थाल्नुपर्ने माग गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद चित्रबहादुर केसीले सभाध्यक्ष नेम्वाङलाई संयुक्त हस्ताक्षर बुझाएका थिए ।

यसरी हस्ताक्षर बुझाउने सभासदहरुमा कांग्रेस–एमालेसहित १० पार्टीका रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: