नेपालमा एकैदिन हालसम्मकै बढी ५००८ कोरोना संक्रमित थपिए, १२२९ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा एकैदिन ५००८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो २४ घण्टाको अवधिमा भेटिएको हालसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँ जिल्लामा २१०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुर र मोरङका ३६९/३६९ जना, सुनसरीका ३९४ जना, रुपन्देहीका २१५ जना, भक्तपुरका २०३ जना, चितवनका १४७ जना, सुर्खेतका १३४ जना, दाङका ९३ जना, तनहुँका ५५ जना, मकवानपुरका ५४ जना, कास्कीका ५१ जना, झापा र सिन्धुलीका ४८/४८ जना, बाँकेका ४५ जना, प्युठानका ४२ जना, नुवाकोटका ४० जना, धादिङका ३८ जना, पाल्पाका ३७ जना, पर्सा र नवलपुरका ३६/३६ जना, काभ्रे र कैलालीका ३५/३५ जना, नवलपरासीका ३१ जना, गोरखा २५ जना, सर्लाही १९ जना, सिराहा र कञ्चनपुरका १८/१८ जना, रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना तथा धनकुटा, धनुषा, महोत्तरी र रुकुम पश्चिमका ११/११ जनामा संक्रमण देखिएको छ ।

बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९ जना, दोलखा, जुम्ला र बैतडीका ८/८ जना, म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १२२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ ।

हाल देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम आइसोलेसनमा छन् भने १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल ४६८६ जना क्वारेन्टीनमा छन्।

आज १९ हजार ३२० जनाको परीक्षण भएको छ। हालसम्म ११ लाख ६४ हजार ५५७ जनाको परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: