देशभर आंशिक बदली, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

Share:

पोखरा । देशभर आइतबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

अहिले बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको मौसमविद्ले जनाएका छन् ।

आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भु–भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

यस्तै राती देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ ।

देशको पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।

हाल उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिम सर्दै गएको र प्रभाव पनि कम भएको मौसमविद्ले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: