
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उनले सामाजिक संजाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध पनि अनुरोध गरेका छन् ।
उनले लेखेका छन्ः
गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौँ बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ ।
हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु।
हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।
मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?
