प्रेस चौतारीले पठायो सभासदलाई खाद्य सामाग्री

Share:

पोखरा, २ माघ / तोकिएको सयम माघ ८ गते भित्र नै संविधान निर्माणमा दवाव दिन प्रेस चौतारी कास्कीले सभासद्लाई खाद्य सामाग्री शुक्रबार पठाएको छ ।

प्रेस चौतारी कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत मार्फत संविधान सभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गलाई ज्ञापनपत्रसँगै दाल, चामल, नुन, तेल, आलु प्याज लगायतका खाद्य सामाग्री पठाएको हो । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष शान्ति गुुरुङ र प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरले ज्ञापनपत्र र खाद्य सामाग्री प्रमुख जिल्ला अधिकारी राउतलाई बुझाउनु भएको हो । प्रेस चातारीको केन्द्रीय कार्यक्रम अनुसार दववामुलक कार्यक्रम कास्कीले गरेको हो ।

दोस्रो संविधान सभाको पहिलो बैठकमा माघ ८ गते नयाँ संविधान जारी गर्ने सहमति भएपनि दलहरुको गतिविधिले तोकिएको समयमा नयाँ संविधान बन्नेमा आंशका उत्पन्न भएकोले आशंकालाई चिर्दै नेपालको भौगोलिक अखण्डता, जातीय सद्भाव र राष्ट्रिय एकतामा कुनै पनि आँच नआउने गरी आम नपालीको भावनालाई समेटेर तोकिएको समयमा संविधान निर्माण गर्न प्रेस चौतारी कास्कीले सभादसहरुलाई आग्रह गरेको छ ।

संविधान जारी गर्न तोकिएको दिन आउँन अव केही दिन मात्र बाँकी रहेकोले नेपाली जनताको चाहाना अनुसारको संविधान बनाउनका लागि संविधान सभामा दिनरात खट्ेर लाग्न खर्च स्वरुप खाद्य सामाग्री पठाइएको प्रेस चौतारी कास्कीका सचिव माधव बरालले बताउनुभयो । नयाँ संविधानमा प्रेस स्वतन्त्रतालाई प्रस्तावनामै उल्लेख गर्न र अपरिवर्तनीय अधिकारका रुपमा ग्यारेन्टी गर्न ज्ञापनपत्रमा प्रेस चौतारी कास्कीले माग गरेको छ ।ज्ञापनपत्र र खाद्य सामाग्री बुझेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी राउतले ज्ञापनपत्रलाई सम्वन्धित ठाउँमा पठाउने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा, प्रेस चौतारीका केन्द्रीय सदस्य हरि बाँस्तोला, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पुर्व अध्यक्ष पुण्य पौडेल, प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष नवराज सुवेदी, पूर्व सचिव दुर्गा भण्डारी, प्रेस चौतारी कास्कीका पुर्व अध्यक्ष रुद्रबहादुर थापा, सल्लाहाकार श्रीराम सिग्देल, खेम सारु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: