पोखराका २८ सहित गण्डकी प्रदेशमा फेरी ३२ कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका २८ सहित गण्डकी प्रदेशमा फेरी ३२ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार दिउँसो कास्कीको पोखराका २८, तनहुँको व्यासका एक तथा स्याङ्जाको भिरकोट र वालिङका ३ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणका क्रममा कास्कीको पोखरा महानगरका वडा नं. ५ का २१ वर्षीय पुरुष, वडा नं. ६ का ७१ वर्षीय पुरुष, वडा नं. ७ का ३६ वर्षीय पुरुष, वडा नं. ८ का ५५ वर्षीय पुरुष, वडा नं. १३ का ४१ वर्षीय पुरुष र २७ वर्षीया महिला, वडा नं. १५ का ४५ वर्षीय पुरुष, १६ का ३ वर्षीया बालिकासहित १७, २६, २७, ३३, ३९, ५०, ५५ र ७७ वर्षका महिलाहरु तथा ५ वर्षीय बालकसहित १९, २८, ३२, ५३ र ५९ वर्षका पुरुषहरु र वडा नं. १७ का ३५, ३६, ३७ र ४१ वर्षीय पुरुष तथा २१ र ६१ वर्षीया महिला रहेका छन् ।

त्यस्तै तनहुँको व्यास वडा नं. ४ का ३० वर्षीय पुरुष, स्याङजाको भिरकोट वडा नं. ५ का २४ वर्षीय पुरुष, वालिङ वडा नं. ९ का ३६ वर्षीय पुरुष तथा वडा नं. १२ का १४ वर्षीया बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ८०१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: