
पोखरा । गण्डकी प्रदेशमा एकैपटक १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार दिउँसो विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीका २९ जना, नवलपुरका ६० जना, तनहुँका २६ जना, बागलुङका ७ जना, स्याङजाका १ जना र लमजुङका २ जना गरी प्रदेशका ५ जिल्लामा १ सय २६ संक्रमित थपिएको जनाएको छ ।
कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमण पुष्टि हुनेमा पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० र ३१ वर्षका पुरुष चिकित्सक, ओम अस्पतालमा उपचाररत २८ वर्षीय पुरुष तथा चारक मेमोरियल अस्पतालमा उपचाररत ३१ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, फेवासिटी हस्पिटलको क्यान्टिनमा कार्यरत १९ वर्षीय पुरुष, पोखरा १ का ३५ वर्षीय पुरुष, ५ का ३२, ३६ र ३८ वर्षका पुरुष, ६ का ४९ वर्षीय पुरुष र ४५ वर्षीया महिला, ७ का ३५ वर्षीय पुरुष, ८ का ७५ वर्षीय पुरुष, १० का २९, ४० र ५१ वर्षका पुरुष तथा २१ र ३५ वर्षका महिला, १३ का २४ र ४८ वर्षका पुरुष, १४ का १९ र २९ वर्षीय पुरुष, २५ का २०, ५५ र ८२ वर्षीय पुरुष तथा ३२ र ४९ वर्षीया महिला, २९ का ४१ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी तनहुँको भिमाद ३ का २१, ३५ र ५० वर्षका महिला तथा १७ वर्षीय पुरुष, व्यास १० का ३१ वर्षीय पुरुष, १ का २६ वर्षीया महिला तथा १३, १५ र २७ वर्षका पुरुष, ४ का ३६ वर्षीय पुरुष तथा २५ वर्षीय पुरुष, ३ का ४० वर्षीय पुरुष, २ का ३४ वर्षीय महिला, १४ का २८ वर्षीया महिला, ८ का ४२ वर्षीया महिला, बन्दीपुर १ का ३८ वर्षीया महिला तथा ३० र ४६ वर्षीय पुरुष, शुक्लागण्डकीका ४ का ४१ वर्षीय पुरुष, ५ का ३८ वर्षीया महिला तथा २१ र ४६ वर्षीय पुरुष, ७ का ८ वर्षीया बालिका सहित २६ वर्षीया महिला, स्याङजा भिरकोटकी १ महिला, लम्जुङ मध्येनेपाल २ र ४ का १ पुरुष र १ महिला तथा बागलुङमा नेपाल आर्मीमा कार्यरत २ पुरुष तथा १, २, ४, ७, र १० का ५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नवलपुर देबचुलिका १५ वटा वडाका १६ महिनाका बालकसहित २७ जना पुरुष , वडा र लिङ्ग नखुलेका २ जना, तथा २६ जना महिला, मध्यबिन्दु १४ का १ पुरुष एवं गैँडाकोट १४, १५, र १६ का ३ पुरुष र १ महिलामा कोरोना देखिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुएको छ ।



