
पोखरा । गण्डकी प्रदेशमा फेरी १९ कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा प्रदेश अन्तर्गत कास्कीका १७ र तनहुँका २ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ७ का ३५ बर्षीय पुरुष पत्रकार, वडा नं. १० का ७० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसीयुमा उपचाररत रहेका छन् ।
यस्तै पोखरा वडा नं. ३० का ३३ वर्षीय पुरुष, वडा नं. ९ का २४ र २७ वर्षीया महिला, वडा नं. ११ का ३० वर्षीय पुरुष, वडा नं. १० का ४३ वर्षीया महिला, वडा नं. १७ का १७ र ५७ वर्षीय पुरुष, वडा नं. १५ का ४० वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं.१३ का ४८ वर्षीय पुरुष, वडा नं. २५ का ५३ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, वडा नं. २४ का ४६ वर्षीय पुरुष, वडा नं. ५ का ५२ वर्षीय पुरुष र वडा नखुलेका ३४ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
यसैगरी तनहुँको आबुखैनी वडा नं. ३ का १२ वर्षीय बालक, बन्दीपुर वडा नं. १ का ५७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु सबै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको फिभर क्लिनिकबाट पहिचान भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०२४ पुगेको छ ।
यसअघि पोखराका १८ जना सहित गण्डकीमा ३४ कोरोना संक्रमित थपिएका थिए ।
