पोखराका १७ सहित गण्डकी प्रदेशमा थप ७६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा प्रदेश अन्तर्गत कास्कीसहित स्याङ्जा, पर्वत, मनाङ, लमजुङ र तनहुँ गरी ६ वटा जिल्लाका ७६ जनामा कोरोना देखिएको हो ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं. ५ का ४० र ४४ वर्षीय पुरुष, वडा नं. १७ का २४ र ४६ वर्षीय पुरुष, वडा नं. १४ का २६ र ४० वर्षीय पुरुष, वडा नं. ३ का २५ वर्षीया महिला र ६५ वर्षीय पुरुष, वडा नं. १९ का २७ र ४५ वर्षीय पुरुष, वडा नं. ९ का १९ र २२ वर्षीय पुरुष, वडा नं. २७ का २६ वर्षीया महिला, वडा नं. ७ का २२, २३ र ३२ वर्षीय पुरुष, वडा नं. २० का ५६ वर्षीया महिला रहेका छन् ।

लमजुङमा थप २७ जनालाई कोरोना संक्रमण भएको छ । संक्रमित हुनेमा दोर्दी गाउँपालिकाका २२, ३३ र ३५ वर्षीया महिला तथा २४ देखि ५२ वर्ष उमेर समुहका २४ जना पुरुष रहेका छन् । निर्देशनालयका अनुसार उनीहरु २७ जना नै लिबर्टी हाईड्रो कम्पनिमा कार्यरत कर्मचारीहरु हुन् ।

तनहुँमा २६ जना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा शुक्लागण्डकीका १ महिनाका बालिका, ३ वर्षका बालक र २३ वर्षीया महिला, भिमाद ६ का २६, ५२ र ५० वर्षीया महिला तथा २३, २६, ४१ र ४४ वर्षीय पुरुष, व्यास ११ का २८ वर्षीय पुरुष, २ का २७, ५३ र ४६ वर्षीय पुरुष तथा २७, ४२ र २७ वर्षीया महिला, ३ का १५, २९ र ४८ वर्षीय पुरुष तथा १७, ३०, ४४ र ४६ वर्षीया महिला, ४ का २८ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेका छन् ।

यस्तै स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा वालिङ वडा नं. ९ का ३१ वर्षीय पुरुष, वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. १० का ३२ वर्षीय पुरुष रहेका छन् ।

पर्वतका २ जनामा कोरोना देखिएको छ। संक्रमित हुनेमा जलजला वडा नं. ८ का २५ वर्षीय पुरुष र कुश्मा वडा नं. १ का ३८ वर्षीय पुरुष रहेका छन् ।

यता मनाङको चामेमा ३० वर्षीया १ महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१०० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: