
पोखरा । अहिले देशभरको मौसम सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र भारतको तेलंगनामा रहेको र कमजोर हुँदै पश्चिम उत्तर दिशातर्फ सर्ने क्रममा रहेकाले मौसममा खासै प्रभाव नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (बुधबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू–भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
