
पोखरा। गण्डकी प्रदेशमा बुधबार (आज) मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँका एकै परिवारका ३ जना, बाग्लुङ, लमजुङ, र स्याङ्जाका १/१ जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।
निर्देशजनलयका अनुसार पोखराको चरक मेमोरियल हस्पिटलमा बाग्लुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–२ का ७७ बर्षीय संक्रमित पुरुषको आज दिउँसो १२ः१० बजे मृत्यु भएको हो ।
बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–२ का ७७ बर्षीय संक्रमित पुरुषको आज दिउँसो १२ः१० बजे मृत्यु भएको हो ।
ती पुरुष यहि असोज २५ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ती पुरुषमा कोभिड–१९, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार लमजुङका एक पुरुष र स्याङजाकी एक महिलाको मृत्यु भएको हो ।
यही असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत लमजुङ, बेंसीशहर २ का ५६ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्रा. डा अर्जुन आचार्यले जानकारी दिएका हुन् । उनका अनुसार संक्रमित पुरुषको मंगलबार दिउँसो ४ः२३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
ती पुरुषमा कोभिड १९, मुटुको समस्या, मधुमेहको समस्या रहेको जनाइएको छ । कोभिड १९ पोजिटिभ भएर प्रतिष्ठानमा मृत्यु भएको उनी १२ औं व्यक्ति रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै कोरोना सङ्क्रमण भई असोज २६ गते अस्पताल भर्ना भएकी स्याङजा भिरकोट २ की ५२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ९ः३४ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
यता तनहुँका एकै परिवारका ३ जनाको मृत्यु पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट तनहुँ भिमाद ६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते, भिमाद– ६ कै ७५ वर्षीय पुरुषको बी एण्ड बी अस्पताल काठमाडौँमा असोज २४ गते तथा भिमाद ६ कै अर्का ९८ वर्षीय पुरुषको मेडीसिटी अस्पताल काठमाडौँमा असोज २५ गते मृत्यु भएको जानकारी गराएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ८, स्याङ्जाका ५, लमजुङ र बाग्लुङका २/२ तथा म्याग्दीका १ जना छन् ।
पोखराका ४८ सहित ८७ संक्रमित थपिए
यसैगरी बुधबार गण्डकी पदेशमा जना कोरोना संक्रमित थपिएका छन् ।
आज प्रदेशमा ३ मृतकसहित ९ जिल्लाका ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो ।
आज प्रदेशमा सबैभन्दा धेरै कास्की जिल्लामा ४९ कोरोना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीका संक्रमित मध्य ४८ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना माछापुच्छ्रे गाउँपालिकाका हुन् ।
यस्तै गोरखाका १७ जना, नवलपुरका ६ जना, तनहुँ र स्याङ्जाका ३/३ जना, बाग्लुङ र लमजुङका २/२ जना तथा तनहुँ र पर्वतका १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार १८७ पुगेको छ ।
आज गण्डकीमा २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा कोरोना मुक्त हुनेको संख्या ३ हजार ४७० पुगेको छ ।
हाल प्रदेशमा १ हजार ६७१ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६१४ परिक्षण भएको र हालसम्म ७८ हजार ६२६ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
