
काठमाडौँ । नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ३२२ महिला र २ हजार ४२७ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा १ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन्।
जसमध्य काठमाडौँमा १६९२ जना, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेकोे छ।
हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने २४ हजार १९४ होम आइसोलेसनमा छन्। हाल ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् । हाल क्वारेन्टीनमा ४ हजार ८२५ जना छन् ।
२४ घण्टामा १६ हजार ५९८ नमुना परीक्षण भएको र हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
