नवलपुरका ५२ र म्याग्दीका थप ४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा फेरी ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका ५२ र म्याग्दीका ४ जना गरी ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा म्याग्दी जिल्लाको मंगला– १ का २८ वर्षीया महिला, बेनी नगरपालिकाका नेपाल आर्मीमा कार्यरत २४ बर्षीय पुरुष तथा बेनी नगरपालिकाका ४९ बर्षीय पुरुष (स्थायी ठेगाना जलजला–३, पर्वत) र रघुगंगा–५ का ४३ बर्षीय पुरुष गरि २ जना कोरोना संक्रमणको लक्षण सहित बेनी अस्पतालमा उपचारको लागि आएका रहेका छन् ।

यसैगरी नवलपुरका संक्रमित सबै ५२ जना नै कावासोती नगरपालिकाका हुन् ।

संक्रमित हुनेमा कावासोती नगरपालिका वडा नं.२ का १ महिला, वडा नं.३ का २ महिला र १४ पुरुष, वडा नं.५ का ३ पुरुष, वडा नं.६ का १ पुरुष, वडा नं. ८ का २ महिला र १३ पुरुष, वडा नं.१४ का २ महिला र ४ पुरुष, वडा नं.१६ का ३ महिला र ३ पुरुष, वडा नं. १७ का १ पुरुष तथा वडा नखुलेका १ महिला र २ पुरुष रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३५६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: