
पोखरा । पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत एक चिकित्सकसहित गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार दिउँसो क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा नवलपुरमा १६, गोरखामा ९ जना, स्याङजा र लमजुङमा ४/४ जना, बागलुङका २ जना तथा कास्की र पर्वतमा एक/एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं. २५ का २७ वर्षीय पुरुष मेट्रोसिटी अस्पताल सृजनाचोकमा कार्यरत चिकित्सक रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही अस्पतालमा उपचाररत पर्वत कुश्मा ५ की ३८ वर्षीया महिलामा पनि कोरोना देखिएको जनाइएको छ ।
यस्तै स्याङजा पुतलीबजार नगरपालिका–२ का २४ वर्षीय पुरुष, स्याङ्जा कालिगण्डकी वडा नखुलेका ४१ र ४८ वर्षीय पुरुष तथा ४० वर्षीया महिला, लमजुङको बेँसीसहर ७ का ३१ वर्षीय पुरुष, वडा नं ८ का १८ वर्षीय पुरुष, राइनास नगगरपालिका वडा नं ५ का ४१ वर्षीय पुरुष, सुन्दरबजार नगरपालिका वडा नं ७ का ४८ वर्षीय पुरुष, गोरखा भिमसेन थापा गाउँपालिका ४ का ३४ वर्षीया महिला, आरुघाट वडा नं. ४ का २१ वर्षीय पुरुष र ३० वर्षीया महिला, वडा नं ५ का २० वर्षीय पुरुष, वडा नं ९ का ३५, ४५ र ४० वर्षीय पुरुष, वडा नं १० का ३९ र ५० वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं २ का ३८ वर्षीय पुरुष, वडा नं ४ का ४५ वर्षीय पुरुष, नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं ९ का ३९ र २० वर्षीय पुरुष, वडा नं१० का ३ वर्षीय बालक सहित ६४ वर्षीया पुरुष तथा ११ वर्षीया बालिका सहित ३३, ५९ र ७३ वर्षीया महिला, वडा नं १५ का २२ र ६० वर्षीया महिला, वडा नं ७ का २६, २९ र ५० वर्षीय पुरुष तथा १५ र २६ वर्षीया महिला तथा वडा नं ६ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४७१ पुगेको छ ।
